त्यो दिन हजुर को गाँउ मेरो बाबा वा अन्कल पनि जान सक्नुहुन्थ्यो, म आफै गए पनि हजुर लाई नभनी जान सक्थे । हजुर को बृज कोर्स को क्लास त्यो दिन नहुन पनि त सक्थ्यो । मैले हजुर लाई फोन गर्नु , हजुर को पोखरा आउने काम पर्नु अनि हामी सङै जानू । त्यो दिन म फर्कने बेला मा नै पानी र असिना पर्नु पर्ने अनि गाडी छुट्नु पर्ने ।
म हजुर को घर मा नबसेर अरु कसैको घर मा पनि त बस्न सक्थे होला। प्राय गाउँ को सबैलाइ सानै देखि खाना बनाउन आउँछ हजुरलाई पनि आउन सक्थ्यो या त्यो दिन खाना झुक्किएर मिठो पनि त हुन सक्थ्यो । दाल बनाउदा कूकर मा नून पानी मसाला सङ्ग दाल पनि त नबिर्सिकन राख्न सकिन्थ्यो हैन र ??
त्यो रात बत्ती जानू , ठुलो पानी पर्नु , हामी गफ नगरिकन पनि त सुत्न सक्थेउ । मैले जोक्स नभन्न नि सक्थे अनि डायरी नै किन चहिएको होला लेख्न लाई अझै जान्ने भयर के के बनाउनु परेको।
म थोरै बोलेको भए , चाहिने नचाहिने प्रश्न नसोधेको भए ।
हजुर हरु पनि त मेरो कुरालाइ वास्ता नगर्नु पर्ने।
चाखलाग्दो गरेर नसुन्नु पर्ने। बकवास लागेर निन्द्रा लाग्यो भनेर जान पनि त सक्नुहुन्थ्यो। बत्ति आएर टिभि पनि त हेर्न सक्ने थियौं ।
मलाइ गुलाफ मनपर्छ भनेर मैले भन्नू अनि ठुलो बाबा को मा जादा सधै गुलाफ टिपेर लान्छु भनेर सुनाउनु । म जाने बेलामा हजुर ले त्यो कलिलो गुलाफ टिपेर दिनु ।
हजुर को घर मा गुलाफ नहुन पनि त सक्थ्यो वा एउटा भन्दा धेरै पनि त हुन सक्थ्यो। मैले त्यति भने भन्दैमा हजुर ले त्यो फूल नटिप्नु पर्ने त्यो कोपिला लाई फक्रन दिनु पर्ने ।
त्यो दिन म नगएको भए हामी भेट्ने थिएनौ होला ,
बस नछुटेेको भए म त्यहाँ बस्थिन होला, अरुको घर मा बसेको भए हजुर ले बनाएको खाना खाने थिइन होला, ठुलो पानी नपरेको भए सङ्गै कुरा गरेर बस्थेनौ होला, मैले डायरीमा नलेखेको भए हजुर ले छिटो सबै कुरा भुल्नु हुन्थ्यो होला, गुलाफ को कुरा नगरेको भए हजुर ले बिचरा कोमल गुलाफ चुडाउनु हुन्नथ्यो होला।
हजुर र म , हामी सायद त्यो दिन को उपज हौं त्यो साझ को उपज हौं । हामी हामी नभएर अर्कै हुने थियौ होला, खै हामिले त्यो पल बनायौ या त्यो पल ले हामी बन्यौ । त्यो खाना ले मलाई लुरे बनायो , त्यो पानी ले हजुर लाई काली बनायो त्यो जोक्स ले हजुर लाई स्टुपिड बनायो त्यो गुलाफ ले मलाइ निर्दइ बनायो।
त्यो दिन नभएको भए त्यो पानी नभएको भए त्यो खाना नभएको भए त्यो गुलाब नभएको भए आज हामी हुने थियनौ , मुसा मुसी हुने थियनन , रिस हुने थिएन प्रेम हुने थिएन चिन्ता हुने थिएन यो सम्बन्ध हुने थिएन , रुवाइ हुने थिएन , घुर्की हुने थिएन, लडाइँ हुने थिएन , फकाइ हुने थिएन, मुस्कान हुने थिएन , हासो हुने थिएन , याद हुने थिएन ।
त्यो दिन त्यो पानी त्यो असिना त्यो खाना के सबै संयोग मात्र हुन् त ? म त्यहाँ नगएको भए, पानी नपरेको भए म नबसेको भए के हाम्रो अतीत यस्तै सुन्दर हुन्थ्यो होला र ? हाम्रो मित्रता यति गाढा हुन्थ्यो होला र ? यो स्नेह यो प्रेम यति धेरै प्रगाढ बन्थ्यो होला र ?
No comments:
Post a Comment