Saturday, July 16, 2016

सपना र यथार्थ



हिजो सम्म

भविस्य सुनौलो लाग्थ्यो

उचाइमा पुग्ने संकल्प थियो

विजय सुनिस्चित ठान्थ्येँ !!!


संसार जित्ने शाहस लिइ,

मनभरी उत्साह भरेर

अनि काँधमा जाँगर बोकेर

गन्तव्य पथमा लम्किदै गर्दा


भविस्य को चमक हराउँदै गयो

उकालिहरु झनै कठिन बन्दै गए

कोशिश अाफैमा डगमगाउन थाल्याे

अनि पराजय को डर ले गलाउदै लग्यो


यताकता झिनो आस बाकी थियोे

सपना मरिसकेको थिएन

अठोट टुटेर गएन

र म फगत प्रयत्नमा जुटिरहेँ


अपसोच

आज आशाको दिप जलेको छैन

जीतको उल्लास छाएको छैन

न जोस छ न त सोच नै


त्यसैले त

भबिस्य धमिलो भो

आत्मबल बिलाइ गयो

असफलताको दाग लाग्यो

अनि

सपना आखिर सपना नै रह्यो !!!

No comments:

Post a Comment