एक दुई शब्द हजुरसङ्ग बोल्न पाए हुन्थ्यो
बाधिएको मनको गाँठाे खोल्न पाए हुन्थ्यो
हजुरको त्यो मुस्कानको बानी परिसकेछ
लुकाएको मनको कुरा चोर्न पाए हुन्थ्यो !!!
सम्बन्ध जे थियो हाम्रो अति सुन्दर थियो
त्यस्तो अटुट आत्मियता के त्यसै टुटि दियो ?
रिसाएर घुर्की देखाइ नबोलेरै बस्ने हजुर
के गर्दै छ मेरो राजा सुन्न पाए हुन्थ्यो !!!
ससाना ती प्रतेक क्षण साटिएका हामी बिचमा
बसेका छन सम्झना ती प्रगाढ बनी मस्तिष्कमा
नहुनु जो थियो तर गल्ती भइ सकेपनी
एकअर्का लाई बुझी अघि सर्न पाए हुन्थ्यो !!!
प्रेम, सम्मान हजुर प्रती सदा रहिरहनेछ
हजुरलाई सधैं सुखी ,खुसी देख्न पाएपुग्छ
दुखाइ त्यो कोमल हृदय ठुलो भुल गरे हजुर
जस्तोसुकै सजाय नै भोग्न पाए हुन्थ्यो !!!
हँसिलो त्यो जीवन रहोस् सफलताको साथ
नझरोस अाँशु कहिले निश्चल आँखा बाट
कमि रह्यो बुझाइको सायद हाम्रो सम्बन्धमा
सन्चै त हो नि हजुर सोध्न पाए हुन्थ्यो
हराएको नाता फेरि खोज्न पाए हुन्थ्यो !!!
No comments:
Post a Comment