Showing posts with label 1st. Show all posts
Showing posts with label 1st. Show all posts

Monday, August 17, 2020

अलिकति ~ अलि धेरै !!

अलिकति टाउको दुख्दा 
अलि धेरै डर लाग्छ 
कतै हजुरसँग जिउने 
मेरा अमूल्य सपनाहरुलाई 
पनि दुख्छ कि भनि !!

अलिकति ज्वरो आउँदा 
अलि धेरै डर लाग्छ 
कतै मेरो मुटुभरिको 
हजुरको माया 
मैन सरि पग्लिन्छ कि भनि !!

अलिकति टाउको दुख्दा 
अलि धेरै डर लाग्छ !!

अलिकति थकाई लाग्दा 
अलि धेरै बिसाईदिन्छु 
हजुरलाई सम्झेर 
अलिकति पिर पर्दा 
हजुरलाई नै सम्झन्छु 
पीरलाई बिर्सेर !!

अलिकति खुसि हुँदा 
अलि धेरै याद आउँछ 
अलिकति दुखि हुँदा 
हजुरको नै न्यास्रो जाग्छ 
अलि कति भन्दा भन्दै 
कति धेरै बानि परेछ है !!

अलि अलि गर्दा गर्दा
अलि धेरै भएछ 
हजुरको माया 
अलि अलि साँच्दा साँच्दै
कति धेरै भएछ 
हजुरको सपना 
अनि 
अलि अलि भन्दा भन्दै 
धेरै गाढा बसेछ 
हजुरसँगको प्रेम   !! 







Friday, July 15, 2016

सम्बन्ध




त्यो दिन हजुर को गाँउ  मेरो बाबा वा अन्कल पनि जान सक्नुहुन्थ्यो, म आफै गए पनि हजुर लाई नभनी जान सक्थे । हजुर को बृज कोर्स को क्लास त्यो दिन नहुन पनि त सक्थ्यो । मैले हजुर लाई फोन गर्नु , हजुर को पोखरा आउने काम पर्नु अनि हामी सङै जानू । त्यो दिन म फर्कने बेला मा नै पानी र असिना पर्नु पर्ने अनि गाडी छुट्नु पर्ने ।
म हजुर को घर मा नबसेर अरु कसैको घर मा पनि त बस्न सक्थे होला। प्राय गाउँ को सबैलाइ सानै देखि खाना बनाउन आउँछ हजुरलाई पनि आउन सक्थ्यो या त्यो दिन खाना झुक्किएर मिठो पनि त हुन सक्थ्यो । दाल बनाउदा कूकर मा नून पानी मसाला सङ्ग दाल पनि त नबिर्सिकन राख्न सकिन्थ्यो हैन र ??
त्यो रात बत्ती जानू , ठुलो पानी पर्नु , हामी गफ नगरिकन पनि त सुत्न सक्थेउ । मैले जोक्स नभन्न नि सक्थे अनि डायरी नै किन चहिएको होला लेख्न लाई अझै जान्ने भयर के के बनाउनु परेको।
म थोरै बोलेको भए , चाहिने नचाहिने प्रश्न नसोधेको भए ।
हजुर हरु पनि त मेरो कुरालाइ वास्ता नगर्नु पर्ने।
चाखलाग्दो गरेर नसुन्नु पर्ने। बकवास लागेर निन्द्रा लाग्यो भनेर जान पनि त सक्नुहुन्थ्यो। बत्ति आएर टिभि पनि त हेर्न सक्ने थियौं ।
मलाइ गुलाफ मनपर्छ भनेर मैले भन्नू अनि ठुलो बाबा को मा जादा सधै गुलाफ टिपेर लान्छु भनेर सुनाउनु । म जाने बेलामा हजुर ले त्यो कलिलो गुलाफ टिपेर दिनु ।
हजुर को घर मा गुलाफ नहुन पनि त सक्थ्यो वा एउटा भन्दा धेरै पनि त हुन सक्थ्यो। मैले त्यति भने भन्दैमा हजुर ले त्यो फूल नटिप्नु पर्ने त्यो कोपिला लाई फक्रन दिनु पर्ने ।
त्यो दिन म नगएको भए हामी भेट्ने थिएनौ होला , 
बस नछुटेेको भए म त्यहाँ बस्थिन होला, अरुको घर मा बसेको भए हजुर ले बनाएको खाना खाने थिइन होला, ठुलो पानी नपरेको भए सङ्गै कुरा गरेर बस्थेनौ होला, मैले डायरीमा नलेखेको भए हजुर ले छिटो सबै कुरा भुल्नु हुन्थ्यो होला, गुलाफ को कुरा नगरेको भए हजुर ले बिचरा कोमल गुलाफ चुडाउनु हुन्नथ्यो होला।
हजुर र म , हामी सायद त्यो दिन को उपज हौं त्यो साझ को उपज हौं । हामी हामी नभएर अर्कै हुने थियौ होला, खै हामिले त्यो पल बनायौ या त्यो पल ले हामी बन्यौ । त्यो खाना ले मलाई लुरे बनायो , त्यो पानी ले हजुर लाई काली बनायो त्यो जोक्स ले हजुर लाई स्टुपिड बनायो त्यो गुलाफ ले मलाइ निर्दइ बनायो।
त्यो दिन नभएको भए त्यो पानी नभएको भए त्यो खाना नभएको भए त्यो गुलाब नभएको भए आज हामी हुने थियनौ , मुसा मुसी हुने थियनन , रिस हुने थिएन प्रेम हुने थिएन चिन्ता हुने थिएन यो सम्बन्ध हुने थिएन , रुवाइ हुने थिएन , घुर्की हुने थिएन, लडाइँ हुने थिएन , फकाइ हुने थिएन, मुस्कान हुने थिएन , हासो हुने थिएन , याद हुने थिएन ।
त्यो दिन त्यो पानी त्यो असिना त्यो खाना के सबै संयोग मात्र हुन् त ? म त्यहाँ नगएको भए, पानी नपरेको भए म नबसेको भए के हाम्रो अतीत यस्तै सुन्दर हुन्थ्यो होला र ? हाम्रो मित्रता यति गाढा हुन्थ्यो होला र ? यो स्नेह यो प्रेम यति धेरै प्रगाढ बन्थ्यो होला र ?

Thursday, July 14, 2016

अनुरोध



माया प्रेमका गीतहरु नलेख्न भन्दिनु 
मिलनका सपनाहरु नदेख्न भन्दिनु 
हुरिसङ्गै बढारिदै धेरै  टाढा पुगेछु म 
अाउने छैन, मेराे बाटाे नहेर्न भन्दिनु !! 

कालाे बादल शिरमाथि, अन्धकार छाएको  छ 
देख्ने सुन्ने काेहि छैन, शुन्यताले खाएको छ 
सम्झि मलाई उनी त्यहाँ रुदै रुदै बस्लिन फेरि 
मेराे निम्ति माेति दाना नखसाल्न भन्दिनु 
फर्कि अाउने झुटाे अाशा नसङ्गाल्न भन्दिनु !!   

अाकाङ्क्षा ती मनभित्रका नफक्रिदै झर्ने भए  
कल्पनाका रङ्गिन सन्सार अाशै अाशमा मर्ने भए 
छाेटाे साथ लामो यात्रा भाग्य मेराे खाेटाे रैछ  
बिर्सिदिनु मलाई कतै नखाेज्न भन्दिनु 
मसङ्ग का याद हरु नसाेच्न भन्दिनु !!   

म छैन त के भाे त्यहाँ, अनगिन्ति भेटिनेछन 
म बिनाका पलहरु अझै सुन्दर देखिनेछन 
यस्तै भयाे हाम्रो साथ त्यहि पुगि छुट्नु रैछ  
मलाई कुरि अाफ्नाे जीवन नराेक्न भन्दिनु 
एक्लै छाडि किन गयाै, नसाेध्न भन्दिनु !!   

माया प्रेमका गीतहरु नलेख्न भन्दिनु 
मिलनका सपनाहरु नदेख्न भन्दिनु !!

Affection



I m winging I am flying
So high Up in d sky
Wid ur smiling face
All over my mind,,  

I am falling I am sinking 
Very deep 
In d depth of ur eyes 
Where I can see 
Wonderful dreams  
Of you n mine ,,  

I am feeling I am thinking  
Every single time  
All about you 
Warmth in your lips 
And Beauty in your smile  

I am waiting I am dreaming 
To hold u in my arms 
So tight 
make u feel my love 
Wid d new chapter of our life !!!