Tuesday, April 28, 2026

गल्ती

सायद केहि गल्ती भए,

जुन नहुनु पर्ने थियो 

बिना गल्ती वियोग त किन 

सहनु पर्ने थियो ?


गल्ती तिम्रो थिएन होला

समय गलत भो 

गल्ती मेरो थिएन होला 

नियति नै भयो !!


गल्ती हाम्रो कथाको होइन 

कहानी मोडियो 

पात्र असल हुँदा पनि 

सम्बन्ध तोडियो !!


जोडेको मुटु तोडेर जान 

खै कसरि सकेको 

मौनता भित्र त्यो सिंगो कथा

कसरि बसेको ?


गलत हेराइ गलत बुझाई 

केहिपनि थिएन

भाग्य नै गलत भए पछी 

अचम्मै रहेन !!


भाग्यलाई दोषी मान्नु नै किन 

भाग्य त कथा हो 

कथा नै गलत लेख्दिने बरु

विधाता दोषी भो !!


बिधतालाई दोषी भन्ने 

अहो कत्रो साहश हो 

साहश पहिल्यै जुटाको भए

सम्बन्ध बच्दो हो !!


बचेको भए त्यो हाम्रो कथा 

खै कस्तो हुने थियो 

सायद केहि गल्ती भए,

जुन नहुनु पर्ने थियो  !!


महत्वाकांक्षा


 मैले सिए पढेर के भो, म तिम्रै बारे लेखौँला,

मैले बिहे गरेर के भो, म तिम्रै सपना देखौँला,

मेरो पढाई र भोगाईको के सम्बन्ध तिमीसँग 

मैले पिएँ, चड्यो त के भो, म तिम्रै साहरा टेकौंला !!


परवाह छैन मलाइ तिम्रो बिगत को  

जब तिमीलाई आफ्नो भविष्य नै ठानी सकें मैले

चिन्ता छैन मलाई बाँकी दुनियाको 

जब तिमीलाई नै आफ्नो सिंगो संसार मानि सकें मैले 

म अँध्यारोमा लडेर के भो, हामि जुनको उजेलिमा भेटौंला

मैले पिएँ, चड्यो त के भो, म तिम्रै साहरा टेकौंला !!


तिमी मलाई माया गर या नगर त्यो तिम्रो कुरा,

मेरो माया गर्न पाउने अधिकार कस्ले खोस्ला र

तिमीले मालाई लत्याएरै हिडेछौ  भने पनि 

मलाई तिम्रो सपना देख्न कसले रोक्ला र ?

सूर्यनै मेरो दुश्मन भए पनि म आफ्नो हत्केलाले छेकौला

म अँध्यारोमा लडेर के भो, हामि जुनको उजेलिमा भेटौंला

मैले पिएँ, चड्यो त के भो, म तिम्रै साहरा टेकौंला