रिसाएरै बस्ने तिमि, अब त मान न प्रिय
फकाउदै जान लाग्यो मेरो त प्राण प्रिय !!
तिम्रो एक मुस्कानको लागि तड्पिरहेको छु म
अब त त्यो मुस्कानको बाण हान न प्रिय !!
भन तिमीलाई खुसि पार्न मैले के गर्नु पर्यो
तिम्रो लागि खुसि छु म मरेरै जान प्रिय !!
तिम्रो साथ खोजेको हो अरु के नै चाहियो र
बिषनै दियौ भने पनि तयार छु म खान प्रिय !!
तिमीले माया गर्नु पर्ने कैयौ होला यो संसारमा
तर तिमि बिन्ति मलाई आफ्नो मात्र ठान प्रिय !!
रिसाएरै बस्ने तिमि, अब त मान न प्रिय !!
No comments:
Post a Comment