Tuesday, April 28, 2026

गल्ती

सायद केहि गल्ती भए,

जुन नहुनु पर्ने थियो 

बिना गल्ती वियोग त किन 

सहनु पर्ने थियो ?


गल्ती तिम्रो थिएन होला

समय गलत भो 

गल्ती मेरो थिएन होला 

नियति नै भयो !!


गल्ती हाम्रो कथाको होइन 

कहानी मोडियो 

पात्र असल हुँदा पनि 

सम्बन्ध तोडियो !!


जोडेको मुटु तोडेर जान 

खै कसरि सकेको 

मौनता भित्र त्यो सिंगो कथा

कसरि बसेको ?


गलत हेराइ गलत बुझाई 

केहिपनि थिएन

भाग्य नै गलत भए पछी 

अचम्मै रहेन !!


भाग्यलाई दोषी मान्नु नै किन 

भाग्य त कथा हो 

कथा नै गलत लेख्दिने बरु

विधाता दोषी भो !!


बिधतालाई दोषी भन्ने 

अहो कत्रो साहश हो 

साहश पहिल्यै जुटाको भए

सम्बन्ध बच्दो हो !!


बचेको भए त्यो हाम्रो कथा 

खै कस्तो हुने थियो 

सायद केहि गल्ती भए,

जुन नहुनु पर्ने थियो  !!


No comments:

Post a Comment