Tuesday, August 2, 2016

मैले लेख्नै बिर्सेछु !

मन भरि कुरा खेल्छन
आँखा भरि सम्झनाहरु
अनि आउछ तनमा जाँगर
भावनालाई कोर्ने
सफा कागजमा स्मृतिहरू बटुल्ने
तर
समाउछु कलम जब
हुन्छ दिमाग सुन्य सुन्य
चल्दैनन् यी हातहरु
र सोच्छु
ला ! मैले लेख्नै बिर्सेछु !!

दोधार मा परेको छु
मेरो कलमले लेख्न छाड्यो
या मैले कलम समाउन जानिन
बर्षौ बित्यो त्यो कागज
अझै पनि भर्न सकिन
जस्तो थियो तेस्तै छ त्यो
मेरो मन मात्र धमिलिएछ
म बदलिए या मेरो सोच
खै अड्कल गर्ने सकिन
या कतै
मैले सोच्नै त भुलिन ??

समय बद्लिसक्यो
देश भेष उस्तै रहेन
आफ्ना सबै पराइ भए
पराइ कोहि आफ्नो भएन
तिता मिठा यथार्थ छन्
म छु कागज छ मेरो कलम छ
तथापी मेरो लेख बन्न सकेन
मेरो कलम चल्न सकेन
खै के हो
मेरो कलमले मलाई चिनेन
या मैले मेरो कलम चिन्न सकिन !!

बिलौना को संग गरु
न त रुने कुरा हो यो
लाग्थ्यो लेख्नै जन्माएथे
त्यो केवल एउटा भ्रम भयो
प्रश्नका ति नानाभाती
ज्वारभाटा चलिरहेछ
विश्वास कसो गरि गरूँ
दिने केहि जवाफ छैन
खोक्रिसकें आफै भित्र
बास्तबिकता स्वीकार्दैछु
हो साच्चिकै
मैले लेख्नै बिर्सेछु !
मैले लेख्नै बिर्सेछु !!

No comments:

Post a Comment