सायद तिम्रै याद होलान
हरपल आउने, मलाइ सताउने
आँखामा आँशु र ओठमा मुस्कान
एकसाथ ल्याउने
बिर्सन लागेको तिम्रो चित्र
ताजा बनाउने !!
तिमि हिजो थियौ , आज छैनौ
म हिजो थिएँ , आज पनि छु तर आफ्नो छैन
मलाई मेरो हुन नदिने तिम्रो यादहरू
मलाई अरुको हुन नदिने तिम्रा सम्झनाहरु
तिमी बाहेक अरुलाई खै कसरी म आफ्नो सोचौला ?
सायद तिमि सपना थियौ
एकफेर आयौ , अनि हरायौ
म पर्खी रहें
सपनामा पनि , विपना पनि !!
No comments:
Post a Comment